काठमाडौँ । सञ्चारकर्मी तथा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि उनले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए।
रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने तयारीमा रहेका खरेलले सोही क्षेत्रबाट आफ्नो मनोनयन दर्ता गराउने छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका उनले सरकारको स्वतन्त्र र गैर-दलीय चरित्र जोगाउन तथा सक्रिय राजनीतिक यात्रामा प्रवेश गर्न पद त्याग गरेको बताएका छन्।
लामो समय पत्रकारितामा क्रियाशील खरेल ‘जेनजी’ आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्री नियुक्त भएका थिए। रास्वपाले उनलाई ललितपुर–२ को मुख्य उम्मेदवारका रूपमा अघि सारेसँगै उक्त क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। मंगलबार बिहान आयोजित एक विशेष कार्यक्रममा खरेललाई औपचारिक रूपमा रास्वपामा स्वागत गरिएको हो।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया