काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु वा बिच्काउनु महँगो पर्न सक्ने चेतावनी दिएका छन्।

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा झापामा केही युवाहरूले धकेलाधकेल गरेको घटनाबारे प्रतिक्रिया दिँदै ओलीले कुनै ठूलो झडप नभएको स्पष्ट पारे। तर सो घटनाप्रति संकेत गर्दै उनले भने,
‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महँगो हुन जान्छ। त्यो कसैले पनि नगर्दा हुन्छ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै अहिलेको सरकार संरक्षित दल भएको आरोप पनि लगाए।
‘अहिले देशमा आगो लगाउने प्रयास भइरहेको छ। केहीले भ्रम फैलाउन खोजिरहेका छन्। नयाँ पुस्तामा भ्रम छ,’ उनले भने, ‘देश जोगाउन अनुभवि नेतृत्व आवश्यक छ।’

उनको यो अभिव्यक्ति उम्मेदवारी दर्ताको दिन सार्वजनिक भएको हो।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com