काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ मा उम्मेदवार मात्रै भएको दाबी गरेका छन्। झापा–५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै ओलीले बालेनसँग कुनै स्पष्ट भिजनसमेत नभएको आरोप लगाए।

उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेर सुन्ने गरिएको छ, तर चिनेको र जानेको छैन। बैंकले नोट छाप्दा धितो–जमानी बिना छाप्दैन। यहाँ भोट हाल्दा पनि धितो नजमानीको मान्छेलाई हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने ? उहाँको यहाँ कोही छैन, यहाँको उत्तरदायित्व पनि छैन।’

ओलीले नयाँ भन्दैमा मात्रै नेतृत्व योग्य नहुने टिप्पणी गरे। ‘राष्ट्रिय स्तरमा उहाँसँग भिजन भएको पनि होइन। यहाँ के काम गर्नुभयो र भोट हाल्ने ? उहाँको घरअगाडिको बाटो मैले बनाइदिएको हुँ,’ ओलीले भने।

उनले आफूले महोत्तरी–३ को मटियारीबाट जनकपुर जाने सडकमा पुल निर्माण गरिदिएको दाबीसमेत गरे। साथै, ‘खोला किनारमा बनेका बस्ती भत्काउने, कवाडीहरूले काम गर्न नपाउनेजस्ता कुरा गरेर समस्या समाधान हुँदैन,’ भन्दै बालेन शाहको कार्यशैलीप्रति पनि आलोचना गरे।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com