काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई तोकिएको छ।

बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त थियो।

राजीनामा दिएका खरेल ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com