काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ क्षेत्र नं १ का उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएकी छन्।

उनको जर्मनी स्थायी आवसीय अनुमति पत्र (पिआर) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएपछि उनले फारम भरी, इमेल र फोनमार्फत उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी हुन्।

आशिका तामाङले आफ्नो निर्णय व्यक्तिगत छलफलको आधारमा भएको र बाहिरिएको विवाद मात्र कारण नभएको स्पष्ट पार्दै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिएकी छन्।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com