काठमाडौं । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी सम्पूर्ण रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ।

शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित समारोहमा ओखलढुंगा जिल्ला कमिटीका ३८ जना नेताकार्यकर्तालाई नेकपाले औपचारिक रूपमा स्वागत गरेको हो। यसमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल लगायतका ३८ जना समावेश छन्।

उनीहरूले कार्यक्रममा पत्रकार सम्मेलन गर्दै एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए।

स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला कमिटीले गरेको सिफारिस विपरीत अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नजिकको व्यक्तिलाई उम्मेदवार बनाएकोमा उनीहरू असन्तुष्ट थिए। जिल्ला कमिटीले अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस गरेको थियो, तर ती नाम बेवास्ता गर्दै अस्मिता थापालाई उम्मेदवार बनाइएको उनीहरूको आरोप छ।

उम्मेदवारी छनोटप्रति असन्तुष्टि जनाएका अम्बिरबाबु गुरूङले एमाले छोडेका थिए भने नेकपाले उनलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com