काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दलहरूले आफ्नो उम्मेदवारलाई केन्द्रित गर्दै चुनावी गतिविधि तीव्र पारेका छन्। यसैबीच झापा–५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो कार्यक्रम सुरु गरेको छ। यहाँ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच प्रतिस्पर्धा हुँदैछ।
सोमबार दमक–९ मा आयोजित घरदैलो कार्यक्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत मागेका थिए। यस अवसरमा बालेन शाहकी पत्नी सविना काफ्ले आफैं सहभागी भएकी छन्। यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर चुनाव लडेका बेला सविना कुनै प्रचार कार्यक्रममा उपस्थित भएकी थिएनन्, तर यस पटक उनी बालेनको जित सुनिश्चित गर्न फिल्डमै खटिएकी छन्।
रास्वपा चुनाव प्रचार-प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार पनि जारी रहने बताइएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया