काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा एक मजदुर मृत अवस्थामा फेला परेका छन्।

आयोजनाको ड्यामसाइड, फ्याक्सिन्दामा कार्यरत मजदुर २२ वर्षीय बाउट तामाङ, मोरङको केराबारी गाउँपालिका–१० का स्थायी बासिन्दा, मंगलबार दिउँसो मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तामाङको शव उत्तर–दक्षिण कोशी राजमार्गको नालीमा भेटिएको हो।

शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com