काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहप्रति आलोचना गरेका छन्।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले भदौ २४ मा भएको घटनामा देशलाई खरानी बनाउने काममा शाहको संलग्नता रहेको आरोप लगाउँदै भने, “यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छन् भन्ने कुनै ग्यारेन्टी छैन।”

भट्टले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरी अर्को जिम्मेवारीमा लाग्ने, पत्रकारको नाममा मन्त्री बन्ने वा सांसद बन्न खोज्ने व्यक्तिहरूलाई संविधान निर्माण र जनताको हितका लागि रगत, पसिना बगाइरहेका पुराना नेताहरूप्रति उपदेश दिने कार्य जायज नभएको पनि बताए।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com