काठमाडौं । मंगलबार राति सुरु भएर बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अद्यावधिक विवरण अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा बुधबार वर्षा भइरहेको थियो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन।

आज बिहान कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बादल छ। बागमतीका केही स्थान र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल रहनेछ, बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ।

आज राति तराईका केही स्थानमा हुस्सु पर्ने सम्भावना छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा कोशी, बागमती र गण्डकीका उच्च पहाडी–हिमाली भागमा आंशिक बादल रहनेछ, बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

मौसमविद् विनोद पोखरेलले आगामी सोमबारबाट अर्को पश्चिमी वायु प्रवेश गर्ने अनुमान गरेका छन्। हिजो पश्चिमी वायुले नेपालका धेरै भागमा हल्का देखि मध्यम वर्षा गराएको थियो। उनले बताएअनुसार अर्को प्रणाली पनि सोमबारदेखि प्रवेश गरी यस्तै खालको वर्षा गराउने सम्भावना छ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com