काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले हाल नेपालमा भइरहेको चुनावी चर्चा र दलहरूको दाबी सुन्दा, सबैले जितेको मात्र होइन, एकल सरकार नै बनेको जस्तो देखिएको भन्दै व्यंग्य गरेका छन्।

शनिबार बिहान फेसबुकमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले लेखेका छन्, “चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन। सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो।”

तर उनले मतदाताको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारेका छन्। बास्कोटाका अनुसार, “मतदाताको मनमा के छ, परिणाम त त्यहाँ प्रकट हुन्छ। हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप र अमेरिकामा पनि देखिन्छ। यो त नेपालमा मामुली कुरा भैसक्यो।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com