काठमाडौं । तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ। त्यस्तै, कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ।
सोमबार तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मंगलबार देशका सबै हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रहरूमा चिसो बढ्न सक्ने र दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार












प्रतिक्रिया