काठमाडौं। भर्खरै नेकपा एमाले परित्याग गरेका रौतहटका प्रभावशाली नेता बबन सिंहले प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार रहेका ऋषि धमलालाई सघाउने भएका छन्। संविधानसभा सदस्यसमेत रहेका नेता सिंहले आगामी निर्वाचनमा आफ्नो समर्थन ऋषि धमलालाई रहने स्पष्ट पारेका हुन्।

आज बिहान काठमाडौंमा सिंह र धमलाबीच भेटवार्ता भएको स्रोतले जनाएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था र निर्वाचन रणनीतिबारे छलफल भएको बताइएको छ। सिंहको समर्थनले रौतहट–४ मा धमलाको चुनावी अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

advertisement

यतिबेला ऋषि धमला रौतहटमै रहेर चुनावी प्रचारप्रसारमा सक्रिय छन्। उनले देशको समग्र विकासका लागि मधेशको विकास पहिलो प्राथमिकतामा हुनुपर्ने एजेण्डा अघि सारेका छन्। मधेश पछाडि परिरहँदा देशले अपेक्षित गति लिन नसक्ने उनको धारणा छ।

स्मरणीय छ, बबन सिंहले २०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर रौतहट–१ बाट शानदार जित हासिल गरेका थिए। उनी त्यसपछि जनता समाजवादी पार्टी (जसपा), नेकपा हुँदै पछिल्लो समय नेकपा एमालेमा सक्रिय रहेका थिए।

तर, केही दिनअघि पत्रकार सम्मेलन गर्दै सिंहले एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए। पार्टीभित्रको आन्तरिक अवस्था र राजनीतिक परिस्थितिका कारण आफू अलग भएको उनको भनाइ थियो।

चुनावी प्रचारप्रसारमा प्रत्यक्ष सहभागी हुन आग्रह गरिएको विषयमा पनि सिंह सकारात्मक देखिएका छन्। धमलाको आग्रहमा सिंहले प्रचार अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com