काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।

भन्सारको वैदेशिक हुलाक शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी, र हुलाक भन्सार पार्सल शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोष्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट पक्राउ गरेको हो।

advertisement

पुडासैनीको साथबाट घुसबापत लिएको नेपाली रूपैयाँ १० हजार र विदेशी मुद्रा सहित १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ। रिजालको साथबाट २० हजार रुपैयाँ र स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।

उनीहरूलाई कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानको भन्सार प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको आरोप छ। अख्तियारले गोप्य उजुरीको आधारमा छापा मारेको थियो। साथै २३ थान मोबाइल फोन पनि बरामद गरिएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com