काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही–३ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यो चुनाव देश बचाउने कि विदेशी हस्तक्षेप बढाउने भन्ने विषयमा निर्णायक हुने बताए।

advertisement

उनले भने, “संविधान र लोकतन्त्रको रक्षा गर्ने कि प्रतिगमन हुन दिइने, भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने कि भ्रष्टाचारीलाई निरन्तरता दिने – यी निर्णय गर्ने चुनाव हो। देशलाई विकास र समृद्धिको दिशातिर लैजाने कि अभाव, बेरोजगारी कायम राख्ने – यही चुनाव हो।”

श्रेष्ठले मतदातालाई राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र, सुशासन, विकास, समृद्धि, साथै मजदुर, किसान, दलित, जनजाति, महिला, मधेसी, पिछडिएका क्षेत्रका जनता र सीमान्तकृत समुदायको हकहितको पक्षमा उभिने पार्टीलाई जित्न आग्रह गरे।

उनले आफ्नो पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षधर, सुशासन र समृद्धि, मजदुर-किसान र कमजोर वर्गको पक्षधर रहेको भन्दै मतदातालाई सचेत रहन आग्रह गरे।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com