काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता भएको छ। स्रोतका अनुसार उक्त भेटमा मुख्यत: आगामी निर्वाचनका विषयमा छलफल भएको हो।

आगामी चुनावमा देउवा उम्मेदवार नभए पनि ओली र प्रचण्ड उम्मेदवार रहेकाले भेटमा निर्वाचन रणनीति नै केन्द्रमा रहेको बताइएको छ। स्रोतका अनुसार ओलीले देउवा र प्रचण्डसँग सहयोगको आग्रह गरेका थिए।

advertisement

ओलीले विशेषगरी आफ्नो निर्वाचन क्षेत्र झापा–५ तथा दाङमा सहयोग मागेको जनाइएको छ। झापा–५ बाट ओली स्वयं उम्मेदवार छन् भने दाङमा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com