सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित खलंगा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगीलाई भने चोट नलागेको र प्रहरीले नियन्त्रणमा लिएको छ।

advertisement

घाइते हुनेहरूमा दीपक विक (३५), रेशमबहादुर नेपाली (१९), टरबहादुर रेउले (७८), संगिता विक (२३), उनका छोरा दीपक (७) र छोरी सृष्टि (३), कृष्णा बुढाथोकी (२३) र उनकी छोरी स्मृति (३), साथै धनी सुनार (३८) र पुष्पा सुनार (३९) रहेका छन्।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com