काठमाडौं । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।

advertisement

मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com