काठमाडौँ, । काठमाडौँ उपत्यकामा वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार मंगलबार बिहान १० बजे काठमाडौँको AQI १७९ पुगेको छ। यसले काठमाडौँलाई विश्वका प्रदूषित शहरको आठौँ स्थानमा राखेको छ।

गत आइतबार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौँ स्थानमा थियो। विश्वकै सबैभन्दा प्रदूषित शहर बंगलादेशको राजधानी ढाका हो, जहाँ हाल AQI ३०२ छ। भारतको नयाँ दिल्ली २७४ र पाकिस्तानको लाहोर २५९ एक्युआईमा छ।

advertisement

विश्व स्वास्थ्य संगठन (WHO) अनुसार मानव स्वास्थ्यका लागि AQI ३५ भन्दा कम हुनु उचित मानिन्छ। ५० सम्मको AQI सामान्य, तर ५० भन्दा माथिको AQI अस्वस्थकर मानिन्छ। AQI स्तर अनुसार:

  • ५१–१००: होसियार रहनु (पहेँलो संकेत)
  • १०१–१५०: श्वासप्रश्वास र मुटु रोगीलाई असर
  • १५१–२००: अस्वस्थकर
  • २०१–३००: अत्यधिक अस्वस्थ
  • ३०१–४००: खतरनाक
  • ४०१–४५०: अति खतरनाक

वर्तमान वायु प्रदूषण बढ्नुको कारण मौसम सुख्खा हुनु, हावा नचल्नु, उद्योग–कलकारखाना सञ्चालन, तीव्र विकास निर्माण, औद्योगिक धुवाँ–धुलो, सिमापार प्रदूषण र छिमेकी भारतबाट आउने प्रदूषण रहेको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com