काठमाडाैं । रामेछापको मन्थली नगरपालिका-६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन।

बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो।

advertisement

‘समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले मृतक र घाइतेको परिवारलाई के कस्तो सहयोग गर्न सक्ने भन्ने कुरा प्रष्ट भनिदिए थप प्रक्रिया अघि बढ्ने थियो’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने।

पीडितका आफन्तहरूसँग मंगलबार राति अबेरसम्म स्थानीय प्रशासनले छलफल गरेको थियो। स्थानीयले यातायात प्रालिका प्रतिनिधि अनुपस्थित हुँदासम्म विषय नटुङ्गिने अडान राखेपछि वार्ता त्यतिकै टुङ्गिएको थियो।

कम्पनीका अधिकारीहरू नआएका कारण आज पनि थप छलफल अघि बढ्न सकेको छैन। मृतकका आफन्तहरू मन्थली बजारमा अलपत्र अवस्थामा छन्। दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ वटा शव रामेछाप अस्पतालमा राखिएको छ।

काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको गाम्नाङ तर्फ हिँडेको पूर्वी अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंमा उपचार भइरहेको छ भने सामान्य घाइते चालकलाई प्रहरीले उपचारपछि नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com