काठमाडौं । केपी शर्मा ओलीले देश अहिले गम्भीर द्विविधामा उभिएको बताएका छन्। राजधानीमा नेकपा एमालेको आसन्न निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा भत्काउने र बनाउने सोचबीच द्वन्द्व जारी रहेको बताए।

ओलीले भने, आज देश यस्तो दोबाटोमा उभिएको छ जहाँ एकातिर आवेग र आक्रोश देखिन्छ, अर्कोतिर विवेक र जिम्मेवारीको आवश्यकता छ। भत्काउने र बनाउने दुई सोचबीचको यो द्वन्द्वमा देश फेरि प्रयोगशालामा परिणत हुन खोजिँदैछ।’

उनले वर्तमान परिस्थिति देशका लागि चुनौतीपूर्ण भएको टिप्पणी गर्दै, ‘निर्वाचन केही साताअघि हाम्रो प्रतिवद्धता घोषणा गर्दा पनि सिंगो समाज प्रश्नको घेरामा देखिन्छ,’ भने।

ओलीको यो भनाइले आगामी चुनावका पूर्वसन्दर्भमा देशको राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको रूप लिएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com