काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पुराना दलले भासुभात पैसा जे दिएपनि खाइदिन तर भोट घण्टीमा हाल्न आग्रह गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग कुरा गर्दै जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताए।

advertisement

उनले भने, ‘त्यो उनीहरूले लुटेको पैसा, तपाईँ हामीले तिरेको ट्याक्स हो। त्यो उनीहरूको बाउको सम्पत्ति हैन। बाउको सम्पत्ति उनीहरूको भए त उनीहरूको सम्पत्ति घट्नु पर्ने हो। बढेको छ। हाम्रै पैसा हो खाइदिनुस्। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो, हाम्रो स्कुलमा राम्रो शिक्षा नदिएर लुटेको पैसा हो, खाइदिनुस्। हाम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो, खाइदिनुस्। तर भोट चाहिँ घन्टीमा लाइदिनुस्।’

उनले पुराना दलले ३४ वर्षदेखि झुक्क्याइरहेको भन्दै यसपटक उनीहरूलाई झुक्क्याइदिन आग्रह गरे।

उनले थपे, ‘अंग्रेजीमा टिट फर ट्याट भन्छ। ३४ वर्ष झुक्काए हैन? यस वर्ष चाहिँ उनीहरूलाई झुक्काइदिऊँ। न्याय र सुशासन माग्न सडकमा आएका बालबालिकाहरूलाई छाती र टाउकोमा ताकेर गोली ठोकेकाहरुले जतिसुकै भेष बदलेर आए पनि यसपटक उनीहरूलाई प्रतिपक्षमा राखेर मद्दत गरिदिनुहोला। हामी उनीहरू प्रतिपक्षमा बसुन् भन्ने चाहन्छौँ। सदनमा त एक ठाउँ नजिताउने, एक भोट नदिने हो।’

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com