काठमाडौं । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा केसीले रुकुम पश्चिमको समग्र विकासका लागि सहकार्य गर्ने सहमति भएको भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई समर्थन गर्ने निर्णय गरिएको बताए।

advertisement

यसअघि नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ। अब रुकुम पश्चिममा प्रलोपाका शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com