एजेन्सी । इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीका कारण इरानमा मृत्यु हुनेको संख्या ५५५ पुगेको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।

युद्धको चौथो दिनसम्म आइपुग्दा इजरायली सेनाले तेहरानमा आक्रमण जारी राखेको छ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको यो अभियान ४ देखि ५ हप्तासम्म चल्न सक्ने र आवश्यक परे अझै लम्बिन सक्ने बताएका छन्। उनले ह्वाइट हाउसबाट जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘इरानमाथि सबैभन्दा ठूलो आक्रमण हुन अझै बाँकी छ।’ ट्रम्पले इरानले परमाणु कार्यक्रम रोक्ने चेतावनीलाई बेवास्ता गरेको आरोप लगाउँदै सबै अमेरिकीहरूलाई तत्काल मध्यपूर्व छोड्न आग्रह गरेका छन्।

यस युद्धमा अमेरिकी सेनाका कम्तीमा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ।

उता, इरानले खाडीका ऊर्जा पूर्वाधारमा प्रहार गरेपछि विश्वभर तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। कतारले आफ्नो ग्यास उत्पादन स्थगित गरेको छ भने साउदी अरबले आफ्नो सबैभन्दा ठूलो तेल प्रशोधनकेन्द्र बन्द गरेको छ। इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज अब ‘बन्द’ भएको र त्यहाँबाट पार गर्न खोज्ने जुनसुकै जहाजमाथि आक्रमण हुने चेतावनी दिएको छ।

युद्धको सुरुवातमै इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी मारिएका थिए। अलजजिराका अनुसार अमेरिका र इजरायलले इरानका एक हजारभन्दा बढी सैन्य आधार शिविरमा दुई हजारभन्दा बढी बम खसालिसकेका छन्।

इरानले पनि खाडीमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरेर जवाफी हमला गरिरहेको छ। इजरायलका पश्चिम जेरुसेलम र तेल अभिभ जस्ता स्थानमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ, जहाँ १० जनाको मृत्यु भइसकेको छ।

लेबनानको बेरुतमा हिजबुल्लाहको गढमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु भएको छ। उता, साउदी अरबस्थित अमेरिकी दूतावासमा पनि ड्रोन आक्रमण भएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com