एजेन्सी । इरान माथि जारी अमेरिका र इजरायल को संयुक्त आक्रमणमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको जनाइएको छ।
मानव अधिकारसम्बन्धी समाचार एजेन्सी मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार उक्त अवधिमा ८५ जना सर्वसाधारण र ११ जना सैनिकले ज्यान गुमाएका हुन्।
अमेरिकाको वाशिङ्टन डीसी मा मुख्यालय रहेको एचआरएएनएले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणयता इरानमा सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ। तीमध्ये १७६ जना बालबालिका रहेको पनि उल्लेख गरिएको छ।
यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटी ले भने मृत्यु हुनेको संख्या ५५५ पुगेको जानकारी दिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरा ले भने यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ।
एचआरएएनएका अनुसार सोमबार भएका अमेरिका–इजरायल आक्रमणहरूमा इरानका विभिन्न स्थान तथा पूर्वाधारहरू लक्षित भएका थिए। ती आक्रमणमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र तथा बन्दर अब्बास स्थित शाहिद बहोनार पियरसमेत निशानामा परेको बताइएको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया