काठमाडाैं । सुनसरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई असर पर्नेगरी अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिए।

उनका अनुसार इनरूवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर पक्राउ परेका हुन्।

उनलाई साइबर ब्युरोको प्राविधिक सहयोगमा पक्राउ गरेको हो। उनको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com