काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईं को बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश कुमार रेग्मी को एकल इजलासले प्रसाईंलाई पक्राउ गर्ने कारण अदालतमा पेश गर्न आदेश दिएको हो।

advertisement

भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको अधिवक्ता सुरेश बोहरा ले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

गत आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रसाईं यसअघि विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका थिए। तर फागुन ४ मा उनी फेरि पक्राउ परेका थिए। प्रहरीले त्यतिबेला उनलाई निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेल को आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए। अदालतको आदेशले रिहा भएको ४ दिनमै उनी फेरि पक्राउ परेका हुन्।

पछिल्लो समय प्रशासनले चुनाव बिथोल्ने सम्भावित गतिविधिमा संलग्न भएको आशङ्कामा उनलाई पक्राउ गर्ने र अदालतको आदेशमा छोड्ने क्रम दोहोरिरहेको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com