जनकपुर । सर्लाही मा बेहोस भएका एक मतदान अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन्।

महतो पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका थिए। उनी माधव नारायण नगरपालिका–६, रौतहट का बासिन्दा तथा स्वास्थ्य सेवाका सिनियर अहेब (सहायक स्वास्थ्यकर्मी) थिए।

advertisement

मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

उपचारका क्रममा दिउँसो करिब साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com