काठमाडाैं  । कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु¥याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी दिए ।

जिल्लामा १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरेर १२८ केन्द्र रहेका छन् । “जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायतका अत्यावश्यक सामान ढुवानी गरि सकिएको छ,” सहायक निर्वाचन अधिकृत खाँणले भने ।

advertisement

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको उनले बताए ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com