महोत्तरी । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई विस्फोट गराएर नष्ट गरेको छ।
मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुल नजिक उक्त शंकास्पद वस्तु देखिएपछि स्थानीयमा त्रास फैलिएको थियो। घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी ले नेपाली सेनालाई खबर गरेको थियो।
लगत्तै घटनास्थल पुगेको सेनाको बम डिस्पोजल टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै उक्त शंकास्पद वस्तुलाई विस्फोट गराएर निष्क्रिय बनाएको हो।
घटनापछि क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया