काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उपल्लो वायुमण्डलमा विकसित उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यस प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया