दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मताधिकार प्रयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्र (क) बाट उनले मतदान गरेका हुन् ।

मतदान अधिकृत अशोक चौधरीका अनुसार एमाले महासचिव पोखरेल दाङ क्षेत्र नं २ बाट उम्मेदवार छन् । उनी बिहान मतदान केन्द्र पुगेर मत खसालेका थिए ।

advertisement

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले पनि मतदान गरेका छन् । दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र (क) बाट उनले मताधिकार प्रयोग गरेका मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

आज बिहानदेखि देशभर मतदान सुरु भएको छ । निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मतदान केन्द्रहरूमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको विभिन्न स्थानबाट जानकारी आएको छ ।

फागुन २१ गते हुने यो निर्वाचनमा मतदाताहरूले स्वच्छ र निष्पक्ष रूपमा मताधिकार प्रयोग गरिरहेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदानलाई प्रभावकारी बनाउन निर्वाचन आयोग तथा सुरक्षा निकायहरू सक्रिय छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com