दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माध्यमिक विद्यालयको मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाता कोही पनि मतदान गर्न नआएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो।
यसअघि नै स्थानीय बासिन्दाले उक्त क्षेत्रका दुई मतदान केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए। सोही निर्णयका कारण नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालय, नागु तथा अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले मतदान नगरेका हुन्।
स्थानीयको बहिष्कारका कारण ती दुवै केन्द्रमा मतदान प्रक्रिया प्रभावित भएको बताइएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया