काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका छन्।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार तामाकोशी गाउँपालिका–४ स्थित मतदान केन्द्रमा केही व्यक्तिले मतदानमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गर्नुपरेको हो।

उनका अनुसार सुरक्षाकर्मीले एक–दुई राउण्ड हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको छ। हाल उक्त क्षेत्रमा अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com