काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छन्। उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै संसद् प्रवेश गर्न सफल भएकी हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले उत्सव मनाउन थालेका छन्। विजयी भएपछि रञ्जु दर्शनाले आजै काठमाडौँमा विजयी र्याली गर्ने तयारीसमेत गरिरहेकी छन्।

advertisement

राजनीतिक सफलता प्राप्त गरेको यही दिन रञ्जुका लागि व्यक्तिगत रूपमा पनि विशेष बनेको छ। प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेको खुसीसँगै आजै उनका छोराको न्वारन (नामकरण) कार्यक्रम पनि परेको छ।

यसरी एउटै दिनमा राजनीतिक र पारिवारिक दुईवटा महत्वपूर्ण खुशी प्राप्त भएपछि रञ्जुका लागि आजको दिन अझ विशेष बनेको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com