काठमाडाैं । उत्तरी गोरखाबाट मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेपछि पोखरामा आकस्मिक अवतरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हेलिकप्टरमा चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय, खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका राखिएका थिए।

advertisement

डीएसपी राजकुमार श्रेष्ठका अनुसार उत्तरी गोरखामा रहेका २३ मतदान केन्द्रमध्ये पहिलो चरणमा ७ मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा ल्याइएको थियो। तर दोस्रो चरणका मतपेटिका लिएर आउँदा खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण सम्भव नभएपछि हेलिकप्टर पोखरा अवतरण गर्नुपरेको हो।

प्रहरीले मौसम अनुकूल भएपछि मतपेटिका गोरखा ल्याइने जनाएको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com