विराटनगर । सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालालाई स्पष्ट मतान्तरले पराजित गरेका छन्।

अन्तिम मतपरिणाम अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गरेका छन्। काँग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत पाए भने नेकपा एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गरे।

यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरी यस निर्वाचनमा आफ्नो उपस्थिति देखाएका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com