काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्।

प्रतिनिधिसभामा निर्वाचनमा ठूरो पराजय भोगेपछि राजीनामा दिने मनस्थितिमा पुगेका थापालाई नेता भण्डारीले राजीनामा नदिनु सुझाएका हुन्।

advertisement

राजीनामा अहिलेको विकल्प नभएको र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्ने भण्डारीको धारणा छ।

‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले भनेका छन्।

नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेको भन्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने उनको धारणा छ।

‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाईंआज पनि सम्भव छ— यदि इच्छाशक्ति र साहस छ भने,’ उनको भनाइ छ।

कांग्रेस सभापति थापाले सोमबार उपसभापति विश्वप्रकाश शर्मासँग पनि राजीनामा बारे परामर्श गरेका थिए। शर्माले पनि अहिलेको अवस्थामा राजीनामा नदिन सुझाएका थिए।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com