काठमाडौं । ‘जेनजी’ अगुवा मिराज ढुङ्गानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद डा.अमरेशकुमार सिंहलाई विगतमा मधेसी नेताहरूको अपमान खेपिरहँदा नेपाली कांग्रेसले नै सम्मानजनक व्यवहार गरेको स्मरण गराएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै मिराजले भनेका छन, “इतिहासले देखाएको छ(जब सबैले मधेसी नेतालाई अपमान गर्थे, भारतीय दलाल र एजेन्ट भन्दा तपाईँलाई सम्मानले नेपाली नागरिक जस्तो व्यवहार गरेको पार्टी नेपाली कांग्रेस नै हो ।”
डा. सिंहले स्वतन्त्र हुँदा सदनबाट काठमाडौं महानगरका मेयर बालेन शाहलाई चुनौती दिएको र अहिले रास्वपा प्रवेश गरेपछि कांग्रेस सभापति गगन थापालाई सुझाव दिएको प्रसङ्गलाई पनि उनले जोडेका छन् ।
मिराजले डा. सिंहको पछिल्लो राजनीतिक निर्णयप्रति कटाक्ष गर्दै लेखेका छन्, “काँग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ, नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ ।” उनले हिजो कांग्रेस, त्यसपछि स्वतन्त्र र आज रास्वपा हुँदै डा. सिंहको ‘चोला फेरिएको’ टिप्पणी गरे पनि सर्लाही क्षेत्र नं. ४ मा उनले गरेको विकासको चर्चा भने अन्तर्राष्ट्रिय स्तरकै रहने उल्लेख गरेका छन् ।
सन्देशमा मिराजले डा. सिंहको कठिन समयको स्मरण गर्दै उनलाई आत्महत्या जस्तो अप्रिय निर्णयबाट जोगाउन सबै लागेको र उनको दीर्घायुको कामना गरेका छन् ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया