काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय जनमतसहित विजयी भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘नेपालको आम निर्वाचनमा ठूलो जनसमर्थनसहित विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई हार्दिक बधाई। साथै शान्तिपूर्ण र सफल निर्वाचन सम्पन्न गराएकोमा सम्पूर्ण नेपाली जनतालाई पनि बधाई दिन चाहन्छु।’
प्रधानमन्त्री तोब्गेले आगामी दिनमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै नेपाल–भुटानबीचको पुरानो मित्रता अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्। ‘हामी दुई देशबीचको न्यानो मित्रतालाई अझ प्रगाढ बनाउँदै अघि बढ्न तत्पर छौं,’ रवि लामिछाने र बालेन शाह लाई दिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया