Connection Information

To perform the requested action, WordPress needs to access your web server. Please enter your FTP credentials to proceed. If you do not remember your credentials, you should contact your web host.

Connection Type

सुदूरपश्चिममा चुनावमा उठेका १४४ जनाको जमानत जफत « GlobalNagarik



धनगढी।  सुदूरपश्चिममा चुनावमा उठेका २०६ जना मध्ये १ सय ४४ जनाको जमानत जफत भएको छ।
प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चुनावमा उठेका २०६ जनाले २ हजार मत कटाउन नसक्दा उनीहरुको जमानत जफत भएको हो।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ।

advertisement

यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा रहेका थिए। जस मध्ये ४२ जनाको जमानत जफत भएको छ।

डडेल्धुरामा १३ जना चुनावमा उठेकोमा ९ जनाको जमानत जफत भएको छ। बैतडीमा ११ जनामा चुनाव उठेका मध्ये ६ जनाको जमानत जफत भएको छ।

दार्चुलामा ११ जना उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भएको छ।
डोटीमा ९ जना उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ।
बझाङमा ७ जना चुनावमा उठेकोमा ३ जनाको जमानत जफत भएको छ।

अछाम–१ मा ८ जना चुनावमा उठेका मध्ये ५ जनाको जमानत जफत भएको छ। यस्तै बाजुरमा ८ जना उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको हो।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com