काठमाडौं । चुन्नप्रसाद पौडेल ले रूपन्देही क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग मा पेस गरेका छन्।

पौडेलले बुझाएको विवरणअनुसार सबैभन्दा बढी मसलन्द, छपाइ र प्रिन्टिङमा ९ लाख २१ हजार ७४० रुपैयाँ खर्च भएको छ। त्यसैगरी खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली तथा साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० र अफिस, प्रचारप्रसार तथा कार्यालय भाडामा २ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

advertisement

त्यस्तै सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८९४, गाडी भाडामा १ लाख ५० हजार र मञ्च व्यवस्थापन, कुर्सी तथा टेन्टमा १ लाख ३१ हजार ७८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

उता वासुदेव घिमिरे ले रूपन्देही क्षेत्र नं. ३ बाट उम्मेदवारी दिँदै करिब १९ लाख ४६ हजार ३ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन्।

घिमिरेका अनुसार सवारी साधनमा ५ लाख ७९ हजार २००, खाना, खाजा तथा आवासमा ४ लाख ४६ हजार, प्रचारप्रसार सामग्रीमा २ लाख ३६ हजार र निर्वाचन प्रतिबद्धता पत्र छपाइमा २ लाख २७ हजार रुपैयाँ खर्च भएको छ।

यस्तै घरदैलो कार्यक्रममा १ लाख ८० हजार, झन्डा तथा ब्यानरमा ६६ हजार, नमुना मतपत्र छपाइमा ५७ हजार ५ सय, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६ सय र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि खर्चको सीमा निर्धारण गरेको थियो। भौगोलिक अवस्था र पहुँचका आधारमा आयोगले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।

सोहीअनुसार रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले २९ लाख रुपैयाँभित्र रहेर खर्च गर्न पाउने सीमा तय गरिएको थियो।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com