काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालबाट दिएको शुभकामना सन्देशमा रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेनले जवाफ दिएका छन् ।
मोदीले अंग्रेजी भाषामा लेखेको स्टाटसमा बालेनले नेपाली भाषामा जवाफ दिएका हुन् ।
बालेनले आफूलाई शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरुमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन आपसमा सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
साथै लगातार दोस्रोपटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार र भारतीय जनतालाई हार्दिक बधाई ज्ञापनसमेत गरेका छन् ।
मोदीले आफ्नो फेसबुक पेजबाट बालेन र रास्वपा सभापति रवि लामिछानेलाई आम निर्वाचनमा जित हासिल गरेकोप्रति बधाइ दिएका थिए ।
रविले पनि मोदीलाई जवाफ दिइसकेका छन् ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया