काठमाडौं । अमेरिका र इरान बीच २८ फेब्रुअरीदेखि सुरु भएको तनावपछि मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक अमेरिका फर्किएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार तीमध्ये करिब ३० हजार जनालाई विशेष कार्यदलमार्फत सहयोग प्रदान गरिएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न दुई दर्जनभन्दा बढी चार्टर उडान सञ्चालन गरेको जनाएको छ । तर, धेरै अमेरिकीहरूले व्यावसायिक उडान प्रयोग गरेका कारण चार्टर उडानहरू औसतमा ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएको बताइएको छ ।

advertisement

विदेश मन्त्रालयले मध्यपूर्वबाट चार्टर उडान र स्थलमार्ग यातायात सेवा अझै जारी रहेको जनाएको छ । आवश्यकता परे कुनै पनि अमेरिकी नागरिकले सहायता माग्न सक्ने मन्त्रालयले जानकारी दिएको छ । अमेरिका र इरान बीच २८ फेब्रुअरीदेखि  तनाव चर्किएको छ ।

यो पनि

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com