काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दै छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

भट्टराईको सचिवालयका अनुसार उक्त समिट १२, १३ र १४ गतेसम्म सञ्चालन हुनेछ। समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ भने भट्टराई ‘गेस्ट अफ ओनर’ का रूपमा सहभागी हुने कार्यक्रम छ।

advertisement

सचिवालयका अनुसार सम्मेलनअन्तर्गत शनिबार बिहान भट्टराईले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्नो धारणा राख्नेछन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com