काठमाडौं। लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट १२ किलो २ सय ३० ग्राम गाँजासहित दुई जना पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका-१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका-९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन्।
यसैगरी, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका-२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।
उनीहरूलाई मङ्गलबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्दा गाँजा बरामद भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि:
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया