काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो चुनावी खर्च करिब १० लाख रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका रवि लामिछाने ले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावी खर्च खर्च भएको जानकारी दिएका हुन्।
बुधबार सार्वजनिक गरिएको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम यातायात तथा इन्धनतर्फ खर्च भएको छ। उक्त शीर्षकमा २ लाख ९५ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसैगरी खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ र गोष्ठी तथा भेलाहरू सञ्चालन गर्न १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।
लामिछानेले मंगलबार निर्वाचन आयोगमा पुगेर आफ्नो चुनावी खर्चसम्बन्धी विस्तृत विवरण बुझाएका थिए।
यो पनि
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया