झापा। नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा पाँच जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन को प्रक्रिया अघि बढाएको छ।

जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

advertisement

जिल्ला कार्यसमिति झापाको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको निष्कर्ष निकालेको थियो। सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो।

उक्त निर्णयबारे जानकारी दिँदै नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको बताएका छन्। साथै कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति मा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com