काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग टुंगो लागेसँगै नयाँ सरकार गठन को प्रक्रिया सुरु हुने भएको छ।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमतसहित प्रतिनिधिसभामा अग्रता हासिल गरेको छ, जसका कारण संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुने देखिएको छ।

advertisement

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ करिब ५१ लाख ३९ हजारभन्दा बढी मत प्राप्त गरेको छ।

यो कुल समानुपातिक मतको झन्डै ४७.८ प्रतिशत हो। उक्त मतका आधारमा समानुपातिकतर्फबाट रास्वपाले करिब ५८ सिट प्राप्त गर्ने भएको हो ।

यसरी प्रत्यक्ष र समानुपातिक दुवै मिलाएर रास्वपाको कुल सिट संख्या १८३ पुग्ने देखिएको छ।

प्रतिनिधिसभा मा दुई तिहाइ बहुमतका लागि आवश्यक संख्या भन्दा एक सिट कम भए पनि रास्वपा स्पष्ट रूपमा सबैभन्दा ठूलो दल बनेको छ।

संविधानअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्ने व्यवस्था रहेको छ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको बताइएको छ।

निर्वाचन आयोगले अन्तिम परिणाम तयार पारेर चैतको पहिलो साता राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

राजनीतिक वृत्तमा चैतको दोस्रो साताभित्रै नयाँ सरकार गठन भई बालेन शाह प्रधानमन्त्री बन्न सक्ने चर्चा भइरहेको छ।

साथै, केही अन्तर्राष्ट्रिय नेताहरूले पनि उनलाई बधाई सन्देश पठाएको खबर सार्वजनिक भएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com