काठमाडौं । यहाँको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको छ। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।

advertisement

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com